२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

सहकारी प्रबन्धकमाथि कुटपिट : वडाध्यक्षसहित पाँच जना पक्राउ

वडाध्यक्षकी पत्नीले ऋण लिएर नतिरेपछि धितोको जग्गा लिलाम
Maoist leader arrested on charges of raping 17-year-old girl

तनहुँको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। त्यहाँको भीमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका हुन्।

वडाध्यक्षकी पत्नीले २०७६ सालमा सहकारीबाट २८ लाख ऋण लिएर नतिरेपछि धितोको जग्गा लिलाम गरिएको थियो। आक्रोशित वडाध्यक्ष श्रेष्ठले सोमबार बिहान प्रबन्धकलाई परिवारसहित कुटपिट गरेका थिए।

पक्राउ परेकामा वडाध्यक्षसहित इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ, र विकल श्रेष्ठ रहेका छन्। सहकारीका अध्यक्षका अनुसार नियमअनुसार जग्गा लिलामी गरिएको थियो।

पक्राउ परेकाहरूलाई अदालतले पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस