जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना छ।
आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रहरूमा साधारण बदली र हल्का हिमपात हुने सम्भावना रहेको छ। मधेश प्रदेशका तराई क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा हल्का वर्षा सम्भावित छ।
सोमबार कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रहरूमा आंशिक बदली र हिमपातको सम्भावना छ। बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहनेछ। माघ १ गते देशभर मौसम सफा रहने सम्भावना रहेको छ।
प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार

