२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

सडकपेटीको कर्बस्टोन भत्काउनेलाई काठमाडौं महानगरपालिकाले १० हजार जरिबाना तिरायो

१ माघ, काठमाडौं । सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै काठमाडौं महानगरपालिकाले एक घर धनीलाई जरिबाना तिराएको छ । महानगरपालिका-१७ स्थित सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महेश सिंखडालाई महानगर प्रहरी बलले जरिबाना गरेको हो ।

नयाँ घर बनाउन प्रयोग गरिने सामग्री ढुवानीका क्रममा सडकपेटीको कर्बस्टोन भत्किएको पाइएकोले कारबाही स्वरूप जरिबाना गरिएको महानगरले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस