२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

माल्टाको सडक दुर्घटनामा परी मृत्यु भएकी २५ वर्षीय गौरीको शव शनिबार काठमाडौं ल्याइने

माल्टा । माल्टाको सडक दुर्घटनामा परी मृत्यु भएकी नेपाली युवतीको शव शनिबार काठमाडौं ल्याइने भएको छ। जनवरी ६ मा दुर्घटनामा परेकी बर्दिबासकी गौरी कुमारी बरालको जनवरी ११ मा उपचारको क्रममा मृत्यु भएको थियो।

बरालको शवलाई बिहीबार माल्टाबाट पठाइने र शनिबार नेपाल ल्याइने एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए। जनवरी ६ मा दुर्घटना परेलगत्तै उपचारको लागि एम्बुलेन्समा लगिएको भए पनि टाउकोमा गहिरो चोट लागेको कारण बचाउन नसकिएको एनआरएनए माल्टाका अध्यक्ष खनालले जानकारी दिए।

२५ वर्षीय गौरी २ वर्षअघि माल्टा गएकी थिइन्। गौरीसँगै सडक दुर्घटनामा घाइते भएकी अर्की युवतीको उपचार भइरहेको छ। ती युवतीको अवस्था सुधार हुँदै गएको खनालले बताए।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस