२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

बाह्रबिसे बजारमा भीषण आगलागीबाट ५ घर नष्ट

खाँदबारी । संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसे बजारमा आगलागी हुँदा ५ वटा घर नष्ट भएका छन् ।

आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एक-एकवटा र सुरेश तामाङ्गको २ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

रामबहादुर राईको घरबाट आगलागी शुरू भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस