प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा सबै उडान रद्द भएका छन्। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सिमरा, नेपालगञ्ज र धनगढीका सबै उडान रद्द भएका हुन्। बुद्ध एयरले पनि यी विमानस्थलमा कुनै उडान नभएको जनाएको छ।
तराई भेगमा बाक्लो हुस्सुका कारण उडान निरन्तर प्रभावित भइरहेका छन्। काठमाडौंमा भने मौसम सफा रहेकोले उडान र अवतरण सामान्य रूपमा भइरहेको छ।
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार

