२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

सुप्रिम सहकारी : अदालतमा रवि लामिछानेको बहस जारी

काठमाडौं । रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र पूर्वगृहमन्त्री रवि लामिछानेको बहस सुरु भएको छ।

लामिछाने बिहीबार अदालतमा उपस्थित भए र थुनछेक बहसपछि निर्णय आउन बाँकी रहेको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।

लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता गरिएको थियो। उनीहरूलाई ठगी र संगठित अपराधका आरोपमा मुद्दा दायर गरिएको छ। २ करोड रुपैयाँ लामिछानेको नाममा आएको भौचर बरामद भएको थियो।

यसअघि, सुप्रिमको मुद्दा ३ वैशाखमा दर्ता भएको थियो र १,८३१ बचतकर्ताको ८६ करोड रकम हिनामिना गरिएको दाबी गरिएको थियो।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस