२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

बालेनको कानून सबैमाथि : चीनलाई ठमेलमा कार्यक्रम गर्न अनुमति किन दिएनन्?

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिनियाँ दूतावासको ठमेलमा चिनियाँ नयाँ वर्षको कार्यक्रम आयोजना गर्न अनुमति अस्वीकार गरेको छ। दूतावासले जनवरी २६ देखि फेब्रुअरी २५ सम्म कार्यक्रम गर्न अनुमति माग्दै काठमाडौं महानगरलाई सह–आयोजक बन्न प्रस्ताव गरेको थियो।

महानगरले ट्राफिक व्यवस्थापन र अस्तव्यस्तता कारणले ठमेलको सट्टा चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम आयोजना गर्न सुझाव दिएको छ। मेयर बालेन शाहका अनुसार, बाहिरी चक्रपथको सडक विस्तारमा चिनियाँ कम्पनीको ढिलाइले समस्या सिर्जना गरेको हो।

यस वर्षको कार्यक्रम ३०० रातो लालटिन राखेर ठमेलमा आयोजना गर्ने योजना थियो।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस