२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

दुर्घटनामा एकै परिवारका तीन नेपालीको निधन, नन्दरामले छोरा र श्रीमतीलाई घुमाउन लैजादै थिए

काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परेर अछामको पञ्चदेव विनायक नगरपालिका-४ का नन्दराम विश्वकर्मा (४४), उनकी श्रीमती मैसारा कामी (४२), र ११ वर्षीय छोरा हिक्मत विश्वकर्माको ज्यान गएको छ।

नन्दराम रोजगारीका लागि भारतमै बस्दै आएका थिए। पछिल्लो पटक गाउँमा रहेका श्रीमती र छोरालाई भारत घुमाउन नेपालगञ्जसम्म ल्याएर आफूसँगै लगेका थिए। त्यसै क्रममा महाराष्ट्रमा रेल दुर्घटनामा परेर उनीहरूको निधन भएको हो।

दुर्घटनामा परेर सात नेपालीले ज्यान गुमाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मृतकमध्ये अछामका चार, कैलालीका दुई, र बाँकेका एक जना रहेका छन्। यो दुर्घटना ९ माघ साँझ ५:०५ बजे भएको थियो।

दुर्घटनामा कुल १२ जनाको मृत्यु भएको थियो, जसमध्ये तीनै जना नेपाली परिवारका सदस्यको भारतमै दाहसंस्कार गरिएको छ। परिवारसँगै रहेका अन्य पाँच जना नेपाली भने बाँच्न सफल भएका छन्।

 

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस