२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

अत्यधिक चिसो बढेपछि रौतहटका विद्यालयहरु बन्द

१२ माघ, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु तीन दिनका लागि बिदा दिइएको छ । केही दिनदेखि रौतहट लगायत तराईका विभिन्न जिल्लाहरुमा बाक्लो हुस्सु र शितलहरले अत्यधिक चिसो बढेपछि चन्द्रपुर नगरपालिकाले विद्यालयहरु बिदा दिने निर्णय गरेको हो ।

चिसोबाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु प्रभावित भएको भन्दै चन्द्रपुर नगरपालिकाले माघ १३ गतेदेखि तीन दिनसम्म नगरभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ । केहि दिनदेखि शितलहर तथा चिसो अत्याधिक बढेको हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सकिने प्रतिकूल असरलाई मध्यनजर राख्दै बर्षे विदाबाट कट्टा हुने गरी माघ १३ देखि माघ १५ गते सम्म विद्यालय बन्द राख्न भएको निर्णयलाई कार्यान्वयन गराउन निर्देशन जारी गरेको नगरप्रमुख संजयकुमार काफ्लेद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

माघ १६ र १७ गते पनि बिदा भएकाले अब विद्यालयहरु माघ १८ गते खुल्ने जनाइएको छ ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस