२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

शोकमा ज्ञानेन्द्र शाही, ६६ वर्षीय बुवाको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) का पिता हरिबहादुर शाहीको ६६ वर्षको उमेरमा सोमबार निधन भएको छ। क्यान्सर रोगबाट पीडित शाहीको उपचारका क्रममा निधन भएको हो।

ज्ञान बहादुर शाही जुम्लाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनले यसअघि बिरामी बुवाको हेरचाहमा व्यस्त भएका कारण पार्टीको केन्द्रिय समितिको बैठकमा सहभागी हुन नसकेको जानकारी गराएका थिए।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस