काठमाडौं । तामाङ समुदायको मञ्जुश्री सम्बत् २८६१ औं डुल–सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक महोत्सवको तयारी पूरा भएको छ ।
नेपाल तामाङ घेदुङको आयोजनामा भोलि माघ १८ गते शुक्रबार बागमती नगरपालिका वडा नं. ४–५ मा पर्ने माछा पोखरी (भरत तालमा) आययोजित महोत्सव तयारी पूरा भएको घेदुङका नगर अध्यक्ष जय बहादुर गोलेले जानकारी दिए ।

महोत्सवमा तामाङ समुदायको कला संस्कृति एवं भेषभुषाका झाँकी सहित राष्ट्रिय स्तरमा चर्चित गायक–गायिकाहरु इन्दिरा गोले, संजिव घिसिङ तामाङ, टीका बोम्जन, प्रकाश तितुङ तामाङ लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक समितिका संयोजक रोशन लामाले बताएका छन् ।
कार्यक्रममा ६० हजार दर्शक आउँने अनुमान गरिएको छ । एक लाख दर्शक अट्नेगरी व्यवस्थापन गरिएको संयोजक लामाले बताए । महोत्सवले तामाङ समुदायको उत्थानमा टेवा पुग्ने र आफ्नो पहिचानको पनि उथान हुने आयोजकले विश्वास लिएको छ ।

