२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

२३४ जना पाहुना सुतेको होटलमा भीषण आगलागी, यसरी सुरु भएको थियो आगो

अंकारा । उत्तरपश्चिमी टर्कीको बोलु प्रान्तस्थित कारतलकाया स्की रिसोर्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। आगलागी रेस्टुरेन्टबाट सुरु भएको बताइएको छ । जसले होटलमा रहेका २३४ पाहुनामा कोलाहल मच्चायो।

आत्तिएर भवनबाट हाम फाल्दा दुई जनाको ज्यान गएको छ। घटनास्थलमा ३० दमकल र २८ एम्बुलेन्स खटाइएको छ। आगलागीको कारण पत्ता लाग्न नसकेको र अनुसन्धान जारी रहेको मन्त्री अली येर्लिकायाले बताएका छन्।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस