२०८२ फाल्गुन २९ गते शुक्रवार | 2026 March 13th Friday

अमेरिकाको लस एन्जलसपछि संसारकै ठूलो ब्याट्री कम्पनीमा भीषण आगलागी, हज्जारौं मानिस सार्न आपतकालीन सूचना जारी

Massive Fire in Texas After Los Angeles, USA; Emergency Alert Issued to Evacuate Thousands

लस एन्जलस । लस एन्जलसमा लागेको आगो नियन्त्रणमा आउन नपाउँदै, बिहीबार एउटा ठूला ब्याट्री भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ। यस कारण करिब १,५०० मानिसलाई सुरक्षित स्थानमा सार्न आपतकालीन सूचना जारी भएको छ । सैन फ्रान्सिस्कोबाट करिब १२४ किलोमिटर दक्षिणमा अवस्थित मोस ल्यान्डिङ पावर प्लान्ट टेक्सासको कम्पनी विस्ट्रा इनर्जीकै स्वामित्वमा छ, जसमा हजारौं लिथियम ब्याट्रीहरू रहेका छन्। यो विश्वकै सबैभन्दा ठूलो लिथियम ब्याट्री कम्पनी हो ।

टेक्सासको कम्पनी विस्ट्रा इनर्जीको स्वामित्वमा रहेको यो केन्द्रमा हजारौं लिथियम ब्याट्रीहरू छन् । जसले नवीकरणीय ऊर्जा भण्डारण गर्छ। तर, लिथियममा आगलागी भए यसलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। आगोका कारण क्यालिफोर्नियाका राजमार्गहरुका केही भाग बन्द गरिएको छ भने स्थानीय अधिकारीहरूले यसलाई ठूलो प्राकृतिक प्रकोपको रूपमा व्याख्या गरेका छन्।

 

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस