२०८२ साउन ३ गते शुक्रवार | 2025 July 18th Friday

ओलीलाई प्रचण्डको चेतवानी, नदीको प्रवाह भोलिको दिनमा देखिन्छ

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूले नदीमा ल्याउने प्रवाह हेरेर बस्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । विपक्षी दलहरूले बनाएको मोर्चाको प्रयासलाई कटाक्ष गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले ‘विशाल नदीको किनारमा बसेर ढुंगा हान्दै थुन्ने प्रयास’ गर्नुजस्तै भनेका थिए ।

सरकारले ल्याएको अध्यादेशबारे प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा ओलीले भनेका थिए, ‘मैले मोर्चा बन्दैछ भन्ने सुनिरहेको छु । त्यो उहाँहरूको अधिकारको कुरा हो । म त्यसलाई सम्मान गर्छु । यसबारे शुक्रबार साँझ विराटनगर विमानस्थलमा अध्यक्ष प्रचण्डलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए ।’

प्रधानमन्त्री ओलीले त तपाईंहरूको मोर्चाबन्दीलाई नदीको किनारमा बसेर ढुंगा हान्दै थुन्ने प्रयास भन्नुभएको छ नि रु भन्ने प्रश्नको जवाफमा प्रचण्डले भनेका छन्, ‘हेर्दै जानुस् न नदीको कस्तो प्रवाह आउँदै जान्छ, भोलिको दिनमा देखिहाल्छ नि । विपक्षी दलहरूले शुक्रबार मात्रै काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । वर्तमान सरकार जनविरोधी भएको भन्दै तत्काल अधिवेशन नबोलाए आफूहरू आन्दोलनमा जाने विपक्षी मोर्चाको चेतावनी छ ।’

 

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस