काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा कांग्रेस सभापति अच्युत कलौनी मृत फेला परेका छन्। उनको शव वडा कार्यालय नजिक सडक पेटीमा घोप्टो परेको अवस्थामा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार शनिबार बिहान शव फेला परेको हो। घटनास्थल ‘सिल’ गरी मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको छ। अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ।
प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार

