२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

साउदीमा भएको बस दुर्घटनामा ३ नेपालीको मृत्यु, १ जना गम्भीर घाइते

काठमाडौं । साउदी अरबमा भएको बस दुर्घटनामा ३ नेपालीको मृत्यु भएको छ भने १ नेपाली गम्भीर घाइते भएका छन्। साउदी अरबस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा उदयपुरका रुपक कार्की, पाल्पाका कृष्ण खत्री र कपिलवस्तुका मीनबहादुर राणाको मृत्यु भएको हो।

यसैगरी उक्त बस दुर्घटनामा इलामका सुकबहादुर लिम्बु गम्भीर घाइते भएका छन्। उनको अलेमिस अस्पतालमा उपचार भइरहेको छ। साउदीको जिजानको रिफाइनरी रोडमा गत सोमबार बस टेलरसँग ठोकिएर भएको दुर्घटनामा भारतका पनि ९ जना र अफ्रिकी देश घानाका ३ जनाको पनि मृत्यु भएको छ। दुर्घटनामा कूल ११ जना घाइते भएका छन्।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस