पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। दैलेख जिल्लामा बुधबार साँझ भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ५ः२० बजे दैलेखको तोलीजैसी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का दैलेखसहित आसपासका जिल्लामा पनि महसुस गरिएको छ।
प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार

