२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

वृद्धाभत्ता बुझेर फर्कने क्रममा लडेर मृत्यु

गोरखाको भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको भिरबाट लडेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नवीन गिरीका अनुसार वृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफर्किएपछि खोजी गर्दा उनको शव सेतो पहरो भन्ने स्थानमा फेला परेको हो।

ध्याम्पेसालस्थित बैंकबाट भत्ता लिएर फर्कने क्रममा उनी भिरबाट झण्डै २५० मिटर तल खसेका थिए। परिवारले खोजी गरिरहेको अवस्थामा आज बिहान करिब ७ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाएको छ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस