२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

साँखु ब्यारेकमा मृत फेला परेकी महिला प्रहरीबारे नयाँ खुलासा

काठमाडौंको साँखुस्थित प्रहरी प्रभागको ब्यारेकमा महिला प्रहरी जवान निशा चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। बुधबार मध्यान्ह करिब १२ बजेतिर २३ वर्षीय चौधरी सिलिङ फ्यानमा आफ्नै सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिइन्।

चौधरीलाई शाली नदी मेलाको ड्युटीका लागि खटाइएको थियो। उनीसँगै ३ जना प्रहरी जवानलाई मेलामा खटिएको थियो, तर चौधरी ब्यारेकमै फर्केर खाना खाइरहेकी थिइन्, जबकि अन्य दुई जनाले मेलामा खाना खाएका थिए। लम्बो समयसम्म कोठाबाट ननिस्केको र बोलाउँदा जवाफ नआएको अवस्थामा सहकर्मीहरूले झ्याल फोडेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

चौधरी बर्दियाकी निवासी थिइन् र प्रहरी सेवामा तीन वर्ष अघि प्रवेश गरेकी थिइन्। उनी हाल प्रहरी वृत्त गौशालामा कार्यरत थिइन्। विवाहित चौधरीका श्रीमान वैदेशिक रोजगारीमा विदेशमा रहेको पाइएको छ।

प्रहरीले शवको पोस्टमार्टमका लागि तयारी गर्दै परिवारका सदस्यहरूलाई खबर गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस