२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

हस्पिटलको शौचालयमा बिरामी कुरुवा मृत फेला

काठमाडौं । धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा बसेका कञ्चनपुरका रविन्द्र राना शौचालयमा मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार राति २ बजेतिर शौचालय गएका राना धेरैबेर नफर्किएपछि सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत फेला परेका थिए।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस