२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

स्कुलबाट घर फर्किँदै गरेकि १४ बर्षीया किशोरी बलात्कृत, अनुसन्धान गर्दै प्रहरी

२७ माघ , काठमाडौँ । स्कुलबाट घर फर्किनेक्रममा कैलालीको धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बिहिबार साँझ स्कुलबाट घर फर्किंदै गरेकी किशोरीलाई १८ वर्षीय युवकले बलात्कार गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराले बताए ।

बाजुराबाट अध्ययनका लागी धनगढी आएकी उनी ७ कक्षामा पढ्दै छिन् । स्कुलबाट घर फर्किने क्रममा युवकले आफ्नो घरमा लगेर उनलाई बलात्कार गरेको किशोरीले बताएको डीएसपी बोहराले जानकारी दिए । घटनाबारे जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस