२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

एआईजी रवीन्द्र केसीले दिए एक महिना अगावै राजिनामा, बढुवा हुने रणनीति त हैन ?

२७ माघ, काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । आगामी ५ चैतसम्म सेवा अवधि रहेका उनले करिब ४० दिन अगावै राजीनामा पत्र बुझाएका हुन् ।

गृह उच्च स्रोतका अनुसार, २५ गतेदेखि लागू हुने गरी केसीको राजीनामा आएको र आगामी मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ । स्वीकृति पाएपछि उनी अवकाशमा जानेछन् । नेपाल प्रहरीमा सेवा अवधि नसकिँदै राजीनामा दिएर बढुवा हुने प्रबृत्ति पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस