२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

तीर्थयात्री बोकेको बस धादिङ थाक्रेमा दुर्घटना : एक जनाको मृत्यु, २३ जना घाइते

"One killed and 12 injured in a bus accident in Sindhuli."

२८ माघ, काठमाडौँ । भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

भक्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं को बस आफै अनियन्त्रित भई आइतबार राति करिब १० बजेको समयमा धादिङको थाक्रे गाउँपालिका ७ सातकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्बती काफ्ले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस