२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

सशस्त्र युद्ध दिवसः गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडौं। गोरखाको गण्डकी गाउँपालिकाले आगामी फागुन १ गते सशस्त्र युद्धको स्मरणमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो दिन २०५२ सालमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि सशस्त्र युद्ध सुरु भएको थियो।

गाउँपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै फागुन १ गते सशस्त्र युद्ध दिवसका अवसरमा पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, अर्ध सरकारी र गैरसरकारी संस्थाहरू, तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने जनाएको छ।

गाउँपालिकाले ११ वटा स्थानीय तहहरू मध्ये पहिलो स्थानमा आफ्नो निर्णय सार्वजनिक गर्दै, फागुन १ गतेको दिन सशस्त्र युद्धको स्मरण र शहीदको सम्मान गर्न उक्त बिदा तय गरेको हो।

गाउँपालिकाका प्रशासकीय अधिकृत किरण बाबु कट्टेलका अनुसार, गाउँकार्यपालिकाको माघ ८ गतेको निर्णय अनुसार यो सार्वजनिक बिदा घोषणा गरिएको हो।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस