२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सुत्नुअघि खानै नहुने खानेकुरा, नत्र रातभर लाग्दैन निद्रा

२८ माघ, काठमाण्डौँ । खानेकुराले शरीरलाई उर्जा दिन्छ । तर, गलत खानेकुराले विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । सही खाना खाने बानीले शरीर स्वस्थ राख्न सकिन्छ । रातमा सुत्नुभन्दा पहिले के खाने, के नखाने भन्ने थाहा पाएपछि यस कुराबाट स्वस्थ रहन सकिन्छ । रातमा सुत्नु भन्दा पहिले के खाने, के नखाने ठीक तरिका जान्नु अत्यन्त आवश्यक छ । पोषणविज्ञ रीमा मधियनले सुत्नु भन्दा पहिले के खाने र कस्तो किसिमको खानाबाट पर रहने भन्ने सुझाव दिएकी छन् ।

सुत्नुभन्दा ३ घन्टा पहिले खाना खाने
सुतेको समयमा हाम्रो प्रतिरोधात्मक क्षमता बढिरहेको हुन्छ । यसै कारणले विहान उठेपछि हामी स्वस्थ र ताजा महशुस गर्छौं । तर ढिलोगरी खानु र डिनरको आधा–एक घण्टापछि नै सुत्नाले शरीर खाना पचाउने काममा व्यस्त हुन्छ । जसका कारण प्रतिरोधात्मक क्षमता बलियो हुन पाउँदैन । यसैले डाक्टरदेखि पोषणविद्सम्म खाने र सुत्ने समयबीच २–३ घन्टाको फरक पार्न सल्लाह दिन्छन् ।

मिठो खाने कुराले तपाईंलाई सुत्न दिँदैन
धेरै प्रशोधित चिनी भएका खानेकुराहरु रातिमा खानुहुँदैन । यसले शरीरलाई सक्रिय राख्छ, जसका कारण निद्रा चाडो आउँदैन । यसले स्लिपिङ पार्टनरलाई पनि डिस्टर्ब गर्नुका साथै शरीरलाई पनि नोक्सानी हुन्छ । यसैले रातको समयमा यदि मिठाई, चकलेट, आइसक्रिम वा पेस्ट्रिज खानु हुन्छ भने यो बानीलाई तत्काल छोड्नुहोस् ।

चीजबाट बनेको खानेकुराले तनावमा पार्छ
सुुत्नुभन्दा पहिले पिज्जा पार्टीको योजना गरिरहनुभएको छ भने अब यसबाट बच्नु जरुरी छ । यस्ता खानाहरु जसमा चीनको प्रयोग हुन्छ, त्यसलाई सुत्नु भन्दा पहिले नखानुहोस् । चीजमा अमिनो एसिड हुन्छ, जसले न्यूरोट्रान्समीटर रिलिज गर्छ । जसका कारण दिमागमा तनाव हुन्छ । यसैले रातीमा चीजले बनेको उत्पादन खानु हुन्न ।

अम्लिय खाना पनि नखानुहोस्
रातको समयमा यदि सुन्तला खाने इच्छा छ भने आफ्नो मनलाई बिहानसम्म नियन्त्रण गर्नुहोस् । जुन खानेकुरामा एसिड हुन्छ, त्यसले रातको समयमा टाउकोमा जलन गराउछ र एसिडिटी हुन्छ । यो गहिरो निद्रामा असर पार्ने कारण बन्न सक्छ ।

सुत्नुभन्दा पहिले क्याफिनयुक्त खानेकुरा नखानुहोस्
क्याफिनबाट बनेको चीजहरु पिउनाले कयौं पटक शरीरमा डिहाइड्रेशनको गुुनासो आउने गरेको छ । कफी, चिया, चकलेट ड्रिंक, ग्रीन टी जस्ता बस्तुमा कम वा धेरै क्याफिन हुन्छ । त्यसैले रातमा यस किसिमको चीज लिनबाट बच्नु पर्छ । रातमा सुतेपछि लामो समयसम्म शरीरलाई पानी उपलव्ध हुदैन । यस्तो अवस्थामा क्याफिनवाला चीज पिउनाले शरीरमा पानीको कमीको खतरा धेरै बढ्न जान्छ ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस