२९ माघ, काठमाडौँ । रोल्पाको सुनछहरी गाउँपालिकाले ‘जनयुद्ध दिवस’ सार्वजनिक बिदा दिएको छ । तत्कालीन समयमा नेकपा माओवादीले सुरु गरेको सशस्त्र संघर्षको सम्झनामा फागुन १ गते सार्वजनिक बिदा दिएको हो ।
उक्त दिन विभिन्न खेलकुद तथा सांस्कृति कार्यक्रम आयोजना गरी उत्सवकै रुपमा मनाउने पालिकाले जनाएको छ । नेकपा माओवादीले ०५२ फागुन २ गतेदेखि १० वर्षे सशस्त्र संघर्ष सुरु गरेको थियो ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार

