२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

ग्यास उद्योगीको भोलिदेखिको आन्दोलन अन्तिम समयमा किन रोकियो?

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको छलफलपछि आन्दोलन रोकिएको हो।

उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल आयल निगमका पदाधिकारी र सङ्घका प्रतिनिधिबीचको छलफलमा जायज माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको सङ्घले जनाएको छ।

सङ्घले लागतअनुसार बजार मूल्य समायोजनलगायत विभिन्न माग राखेको थियो। मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदन थप अध्ययन गर्न समय लाग्ने भएकाले आन्दोलन १५ दिनका लागि रोकिएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस