२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सर्लाहीमा बस दुर्घटना, चालक फरार !

"One killed and 12 injured in a bus accident in Sindhuli."

२ फागुन , काठमाण्डौँ । सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गमा पर्ने ईश्वरपुर नगरपालिका–१३ मा रहेको बाँके जंगलमा बिहीबार साँझ ना ७ ख ३६४३ नम्वरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
महोत्तरीको बर्दिबासमा आयोजित लघुवित्त पीडितको प्रदर्शनमा सहभागी सहभागी भएर सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।
बसमा ३५ जना सवार थिए । जसमध्ये १५ जना घाइते भएका हुन् । घाइते हुने अधिकांश महिला छन् । घाइते सबै खतरामुक्त रहेका प्रहरीले जनाएको छ।

घाइते सबैको हाल लालबन्दीस्थित मोडेल अस्पताल र गाउँमैत्री अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । बस दुर्घटनापछि चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण बस पल्टिएको यात्रुले बताएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस