तुलसीपुर उपमहानगरपालिका –४ खाद्रेमा जङ्गली मौरीको टोकाइबाट पाँच जना घाइते भएका छन्। घाइते हुनेमा २३ वर्षीय भिमा बुढा, ११ वर्षीय विवश बुढा, २८ वर्षीया सिता गिरी, ९ वर्षीया आयुसा गिरी र ५ वर्षीया आयुस गिरी रहेका छन्।
शनिबार दिउँसो १२ बजेतिर खेतमा पानी सिँचाइ गर्ने क्रममा ठूलो सङ्ख्यामा जङ्गली मौरीले टोकाइ गरेका थिए। प्रहरीका अनुसार, भिमा बुढा र विवश बुढालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि नेपालगन्ज रिफर गरिएको छ भने अन्य घाइतेहरूलाई त्यहीं उपचार भइरहेको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार

