२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

हलेसी बजारमा भीषण आगलागी

काठमाडौं । खोटाङको हलेसी बजारमा आगलागी भएको छ। स्थानीय पदम राईको ग्यास पसलमा आगलागी भएको हो। खाना पकाउने ग्याससहितका सिलिण्डर विस्फोट भइरहेका छन्। उक्त पसलमा थुप्रै ग्यास भरिएका सिलिन्डर थिए। अहिले सिलिन्डरहरू पड्किन थालेको स्थानीले बताएका छन्।

पानी नहुँदा आगो निभाउन नसकिएको र आगो बजारका अरु घरमा पनि फैलिएको स्थानीयले बताएका छन्। उक्त पसलमा हार्डवयरका सामानहरू पनि भएको र ती सामानहरू पनि जलिरहेको बताइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस