२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

नेपाली विद्यार्थीलाई गालीगलौज गर्ने प्राध्यापक मन्जुशा पाण्डेले मागिन् माफी

काठमाडौं। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थीमाथि जथाभावी गालीगलौज गर्ने एकजना प्राध्यापकले माफी मागेकी छिन् । केआईआईटी विश्वविद्यालयको प्रोफेसर बताउने मञ्जुशा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो हाल्‍दै माफी मागेकी हुन् ।

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्‍यु र नेपाली विद्यार्थीमाथि गरेको दुर्व्‍यवहारको घटनाबारे भारतीय प्रहरीले छानबिन अगाडि बढाएपछि उनले सामाजिक सञ्जालमा आएर माफी मागेकी हुन् । नेपाली विद्यार्थीहरुले क्याम्पस फर्किन राखेको आठ बुँदामा योपनि समावेश थियो ।

उनले भिडियो भनेकी छिन्, ‘१६ फेब्रुअरीमा कलेजभित्र नेपाली विद्यार्थीमाथि मैले गरेको दुर्व्यवहारप्रति म माफी माग्न चाहन्छु। नेपाली भावनासँग मैले गरेको दुर्व्‍यवहारप्रति कलेज प्रशासनको कुनै संलग्ना छैन। त्यसकारण म फेरि नेपालीहरूसँग माफी माग्न चाहन्छु। यसअघि सोमबार राति कलेजभित्र मञ्जुशा पाण्डेले नेपाली विद्यार्थीहरूलाई गालीगलौज र गिज्याउँदै जहाँ सुरक्षित भए त्यही जान भन्‍दै निक्लिएर जान भनेकी थिइन् । उनीसँगै रहेकी अर्की महिलाले त झन् ‘तिम्रो नेपालको बजेटभन्दा ठूलो बजेट त हाम्रो विश्वविद्यालयको छ, तिमीहरूलाई यहाँ फ्रिमा बसाएर खुवाइरहेका छौं’ भन्‍दै अपमानजनक गालीगलौज गरेकी थिइन् ।

उनीहरूले गालीगलौज गरिरहँदा नेपाली विद्यार्थीले बीचमा हाम्रो के गल्ती भयो र ? भनेर प्रश्‍न गर्दा मञ्जुशा पाण्डेले भनेकी थिइन्, ‘ हामी जान्दैनौ। कृपया तिमीहरू यहाँबाट तत्काल जाऊ। नत्र प्रहरी आउनेछ र कारबाही गर्न बाध्य हुनेछ ।’

२० वर्षीया लम्साल आइतबार अपराह्न होस्टलमै मृत अवस्थमा भेटिएकी थिइन् । त्यसपछि श्रीवास्ताव भागेर कोलकातास्थित घर जान खोजेका थिए । तर, व्यापक दबाबबीच उनी विमानस्थलबाटै पक्राउ परेका थिए । भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले जफत गरेको छ । लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको भुवनेश्वर प्रहरीले जनाएको छ । साथै, सोमबारबाट उनको मोबाइल प्रमाणका रुपमा जफत गरिएको भनिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस