२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

रुपाले चार दिन स्थापना दिवस मनाउने

कास्कीको रुपा गाउँपालिकाले फागुन २४ देखि २७ गतेसम्म स्थापना दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ।

२०७५ सालदेखि निरन्तर हुँदै आएको अध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष पनि हुनेछ। झाँकी प्रदर्शन प्रतियोगितामा करिब ३० समूह सहभागी हुनेछन्। जैविक विविधतासम्बन्धी कृषि प्रदर्शनी, रैथाने बाख्रा र बाली प्रदर्शनीसमेत आयोजना गरिनेछ। उत्कृष्ट किसानलाई नगद पाँच हजारसहित सम्मान गरिनेछ।

पुरुष भलिबल विजेतालाई ७७,७७७ रुपैयाँसहित विभिन्न पुरस्कार प्रदान गरिनेछ। झाँकी र माला प्रतियोगिताका विजेतालाई क्रमशः ३० हजार र ६ हजार नगद दिइनेछ।

फागुन २४ गते उद्घाटन तथा २७ गते मूल कार्यक्रम हुनेछ। ‘रुपा रत्न’ सम्मान प्रदान गरिनेछ। कार्यक्रम व्यवस्थित गर्न विभिन्न समिति गठन गरिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस