२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

प्रकृति लम्साल मृत्यु प्रकरणमा रवीश कुमारका गम्भीर प्रश्न

भारतीय पत्रकार रवीश कुमारले प्रकृति लम्साल मृत्यु प्रकरणमा कलेज प्रशासन र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा भिडियो राख्दै उनले न्यायको माग गर्ने विद्यार्थीलाई होस्टल खाली गर्न किन भनियो भनेर प्रश्न गरे।

उनले केआईआईटी युनिभर्सिटीका अधिकारीहरूले नेपालको बजेटबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै कुनै पनि देशलाई कम आँक्न नहुने बताएका छन्। यदि कलेज प्रशासन र प्रहरीले सुरुमै विश्वासिलो अनुसन्धान गरेको भए नेपालका प्रधानमन्त्रीले सार्वजनिक रूपमा बोल्नुपर्ने स्थिति आउने थिएन, उनले उल्लेख गरे।

विद्यार्थीहरूलाई यो मुद्दालाई भारत-नेपाल विवादको रूपमा नभई साथीको न्यायका रूपमा हेर्न आग्रह गर्दै उनले पारदर्शी अनुसन्धानको माग गरेका छन्। ओडिसा सरकारले समिति गठन गरी छ जनालाई पक्राउ गरेको छ, तर प्रकृतिको परिवार र साथीहरूलाई विश्वासमा लिइ अनुसन्धान अघि बढाउनुपर्ने उनले बताएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस