काठमाडौं । इङ्ग्ल्यान्डको लिङ्कन्शर र युरोपका विभिन्न भागमा बुधवार बिहानीपख आकाशमा एउटा ‘आगोको डल्लो’ हुइँकिँदै गएको देखिएको छ।
विज्ञहरू उक्त वस्तु यही महिना प्रक्षेपण गरिएको एउटा रकेटको भाग हुन सक्ने ठान्छन्। खगोलशास्त्री पोल मनीले उक्त वस्तु इलोन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क कम्पनीले अन्तरिक्षमा भूउपग्रहहरू पठाउँदा प्रक्षेपण गरेको ‘स्पेसएक्स फ्याल्कन ९’ रकेटको ‘बूस्टर’ हुन सक्ने बताएका छन्।
प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार

