२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

टिप्परले मोटरसाइकललाई हान्दा बाबुछोराको एकैठाउँ मृत्यु

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौं । मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–३, हासपोखरीमा भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ। टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबुछोराको मृत्यु भएको हो।

सूर्योदय नगरपालिका–६, फाजीगाउँका ४० वर्षे दीर्घराज राई र उनका बुबा ७० वर्षे पवनकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ। झापाबाट घर फर्किंदै गर्दा दीर्घराजले चलाएको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको को १ ख ६४६२ नम्बरको टिप्परले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा झापाको बिएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ। टिप्पर चालक इलामको माइजोगमाई गाउँपालिका २, शान्तिचोकका ३० वर्षे खगेन्द्र थामीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस