२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

ग्रेनाइटमा हिंडेका दृष्टिविहीन युवाले बालेनलाई भने, हाम्रो छडीले चिनेन सडकपेटीमै रुमलिने खतरा भयो मेयरसाब !

काठमाडौं । काठमाडौंको दरबारमार्गको सडक पेटीमा काठमाडौं महानगरपालिकाले बिच्छ्याएको ग्रेनाइट अपाङ्गतामैत्री नभएको पाइएको छ । ग्रेनाइटमाथि यात्रा गरेका दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिले अनुभव सुनाउँदै आफूहरुका लागि मैत्री नभएको गुनासो गरेका हुन् । उनले आफूहरुको सेतो छडीले सबै एकै खालको भएकाले ठम्याउन नसकेको गुनासो गरे ।

दृष्टिविहीन युवा युवराज लामाले आफ्नो अनुभव व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भनेका छन्, ‘सौन्दर्यको लागि granite बिछ्याइरहँदा दृष्टिविहीन व्यक्तिहरूको लागि straight direction पत्ता लगाउन बिछ्याइने पहेँलो रङ्गको tactile को लागि ठाउँ कता हो त ? हिंड्दा फराकिलो र चिल्लो महसुस भएता पनि अगाडि straight guideline नहुँदा चिल्लो सडकपेटीमै रुमलिने खतराहुँदो रहेछ मेयरसाब !’

लामाले सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेनलाई मेन्सन गर्दै अगाडि लेखेका छन् – विश्वका अन्य आधुनिक सहरहरूमा यसको व्यवस्थापन कसरी गरिरहेको छ भन्नेबारे तपाईं जानकार हुनुहुन्छ होला भन्ने आशा गर्दछु !

दरबारमार्गमा ग्रेनाइट बिछ्याउने महानगरपालिकाको निर्णयले अहिले बहस सिर्जना भइरहेको छ । केहीले यसको समर्थन गरेका छन् भने केहीले विरोध गरिरहेका छन् ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस