काठमाडौं । डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिकामा गैरकानूनी आप्रवासीहरू प्रति कडाइ बढेको छ। यसले नेपाली विद्यार्थीहरूलाई के असर गर्छ भन्ने चिन्ता छ।
तर, कानून व्यवसायी वासु फुलाराका अनुसार, कानूनी रूपमा अध्ययनका लागि रहेका नेपाली होस् वा अरु देशका विद्यार्थीहरूलाई कुनै असर पर्दैन। विद्यार्थीले हप्तामा २० घण्टा कलेज पढ्दै काम गर्न पाउँछन् ।
विशेष परिस्थितिमा बाहिर पनि काम गर्न सकिन्छ। ट्रम्प प्रशासनले गैरकानूनी आप्रवासीहरूमा मात्र ध्यान केन्द्रित गरेको छ । कानूनी विद्यार्थीहरू डराउनु पर्दैन। अभिभावकहरूलाई सल्लाह छ कि विद्यार्थीहरूलाई पढाइमा ध्यान दिन र कानूनको पालना गर्न प्रोत्साहित गर्नुहोला ।
प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार

