२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

१० जना प्रहरी फरार, हाजिर हुन प्रधान कार्यालयको ७ दिने सूचना

काठमाडौँ । १० जना प्रहरी बेपत्ता (सम्पर्कविहीन) भएका भन्दै प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक सूचना निकालेको छ । लामो समयदेखि कार्यालयमा गैह्रहाजिर देखिएको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले अन्तिम पटक ७ दिन समय दिएको सूचनामा उल्लेख छ ।

उक्त समयभित्र गैह्रहाजिर रहनुको कारण खुलाएर जवाफ पेस गर्न भनिएको छ। अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनी दिइएको छ।

बेपत्ता हुनेमा एक जना प्रहरी सहायक हवल्दार छन् भने ८ जना प्रहरी जवान रहेका छन्। त्यस्तै एक जना प्रहरी कार्यालय सहायक रहेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस