२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

जवानबाट भिडेर इन्स्पेक्टरमा नाम निकाल्ने सिन्धुपाल्चोककै पहिलो महिला सन्तोषी अस्ताउँदा शोकमा डुब्यो गाउँ

काठमाडौं । सिन्धुपाल्चोककी सन्तोषी महत, जवानबाट भिडेर इन्स्पेक्टरमा नाम निकाल्ने जिल्लाकै पहिलो महिला बन्न पुगेकी थिइन्। तर, इन्स्पेक्टरको तालिमका बीचमै उनले आत्महत्या गरिन्।

उनको परिवार र साथीहरू यसले गहिरो झट्कामा परेका छन्। सन्तोषीले जवानबाट इन्स्पेक्टरसम्मको यात्रामा धेरै संघर्ष गरेकी थिइन् ।

उनको सफलताले परिवार र समाजलाई ठूलो खुशी दिएको थियो। तर, प्रेम सम्बन्धमा दरार आएको वा अन्य कारणले उनले आत्महत्या गरेको अनुमान गरिएको छ। उनको मृत्युले परिवार र गाउँलाई गहिरो शोकमा डुबाएको छ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस