२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

छोराको सम्झनामा सबै सम्पत्ति प्रतिष्ठानलाई हस्तान्तरण

पोखरा । माछापुच्छ्रे गाउँपालिका–३ का वेदकुमार श्रेष्ठले दिवंगत छोराको सम्झनामा ‘बाबु सागर स्मृति प्रतिष्ठान’ मार्फत सञ्चालन भइरहेको सागर मेमोरियल बोर्डिङ स्कुललाई आफ्नो सम्पूर्ण सम्पत्ति हस्तान्तरण गरेका छन्।

श्रेष्ठले विद्यालयको १४औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानको अक्षयकोषमा सम्पत्ति राख्ने घोषणा गरे । सम्पूर्ण सम्पत्ति बेचेर आफ्ना दुई श्रीमतीलाई २५–२५ लाख रुपैयाँ सुरक्षित गरिदिएर बाँकी सबै रकम स्कुललाई दिने उनको घोषण हो । अक्षयकोषको व्याजबाट विद्यालय सञ्चालन गर्दै विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने श्रेष्ठको योजना रहेको छ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थितिमा श्रेष्ठले सम्पत्ति हस्तान्तरण गरेका हुन्। माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले श्रेष्ठद्वारा छोराप्रतिको माया समाजका लागि प्रेरणादायी रहेको बताए।

घटना थियो २०६७ साल बैशाख २७ गते । त्यो दिन माछापुच्छ्रे गाउँ पालिका वडा नम्बर ३ निवासी वेद कुमार श्रेष्ठ र उनकी श्रीमती सीता देवि श्रेष्ठको मुहारको खुशी लुटियो । छोरा मोटरसाईकल दुर्घटना परि निधन भएपछि बुबा वेदकुमार र श्रीमती सीता देविलाई ठूलो वज्रपात प¥यो । ती सवै पीडालाई लुकाएर छोरालाई जिवन्त बनाउनका लागि छोराकै सम्झनामा बाबु सागर स्मृति प्रतिष्ठान गठन गरे । त्यही प्रतिष्ठानलाई सबै सम्पत्ति दान गरे ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस