दैलेखको दुल्लुबाट यात्रु लिएर वीरेन्द्रनगरतर्फ आउँदै गरेको एउटा फोर्स गाडी सुर्खेतमा दुर्घटनाग्रस्त भएको छ। कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको उक्त गाडी बाँगेशीमल प्रहरी चौकीबाट करिब एक किलोमिटर दक्षिणमा रहेको कर्णाली राजमार्गमा दुर्घटना भएको हो।
यो दुर्घटनामा दुई बालबालिकासहित १६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये आठ जनाको प्रदेश अस्पताल, पाँच जनाको माया नर्सिङ होम र तीन जनाको कर्णाली केयरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए।
दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन। गाडी सडकबाट करिब १२ मिटर तल खसेको प्रहरीले बताएको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार

