२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

आहारारा गोल्डकपमा ६ पटकको विजेतालाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

ब्ल्याक बुल्सले २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ। यसले ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३-१ ले पराजित गरेको हो। पहिलो हाफमा कुभोनचबेक ओलिनोभको गोलले ब्ल्याक बुल्सले अग्रता बनायो। दोस्रो हाफमा असिलबेक ओरिफजोनोभ र साभकातजोन सात्तोरोधले गोल गरे। पुलिसका शिशिर चौधरीले ७४औं मिनेटमा एक मात्र गोल गरे।

ब्ल्याक बुल्सले पहिलो पटक आहारारा गोल्डकप जित्दै इतिहास रचेको छ। यसअघि, ब्ल्याक बुल्सले क्वाटरफाइनलमा थण्डरबोल्ट नर्थ युनाइटेड र सेमिफाइनलमा थ्री स्टारलाई पराजित गरेको थियो। विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजार र आकर्षक ट्रफी प्राप्त गर्‍यो भने पुलिसले ६ लाख १ हजारमा चित्त बुझायो।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस