काठमाडौं । पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा मङ्गलबार ७ पटक भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार (आज) बिहान फरक फरक समयमा तीनदेखि झण्डै चार म्याग्निच्यूडको कम्पन मापन गरिएको थियो। भूकम्पविद् भरत कोइरालाका अनुसार त्रासमा पर्नु पर्ने अवस्था छैन तर सतर्कता आवश्यक छ।
भूकम्पका कारणबारे डा. शिव सुवेदी धौलागिरि हिमालको फेद हुँदै भूकम्पीय फल्ट भएकाले यहाँ बारम्बार कम्पन महसुस हुन्छ। नेपाल–इन्डियन र तिब्बतियन प्लेटको घर्षणका कारण संचित ऊर्जा बाहिर आउँदा भूकम्प गइरहने बताउँछन्।
प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार

