२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

चमोलीमा हिमनदी फुटेपछि ५५ जना अलपत्र, ४ जनाको मृत्यु

भारत, उत्तराखण्डको चमोलीमा हिमनदी फुटेपछि ५५ जना हिउँमा फसेका छन्, जसमा ५० जनालाई बाहिर निकालिएको छ।

सेनाका प्रवक्ताका अनुसार चार जनाको मृत्यु भएको छ। बाँकीलाई बचाउन आइबेक्स ब्रिगेडको नेतृत्वमा खोजी अभियान चलिरहेको छ।

घाइतेहरुलाई प्राथमिकता दिएर बाहिर निकाल्ने काम भइरहेको छ। उद्धार कार्यका लागि ६ हेलिकप्टर परिचालन गरिएको छ, जसमा ३ वटा चित्ता हेलिकप्टर, २ वटा भारतीय वायुसेनाका हेलिकप्टर र एक सिभिल हेलिकप्टर समावेश छ।

सेनाले ५ जनाका लागि खोजी अभियान जारी राखेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस