१८ फागुन , बैतडी । बैतडीमा दाजुको गोली प्रहारबाट घाइते भएका युवकको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्ट शनिबार राती गोली लागेर गम्भीर घाइते भएका थिए ।
उनीमाथि दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले वन्दुकको गोली प्रहार गरेका थिए । लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रलाई जिल्ला अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन् । उनको खोजी र घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बलदेब बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँद, खोचलेक प्रहरी चौकीबाट सई गणेश कडायत नेतृत्वको टोली खटिएको जनाइएको छ ।

