१८ फागुन, काठमाडौँ । हलिउड अभिनेता, र्यापर तथा फिल्म निर्माता विल स्मिथ फेरि एकपटक विवादमा परेका छन् । उनको एक भिडियो इन्टरनेटमा भाइरल भैरहेको छ, जसमा उनले मियामीमा आयोजित अवार्ड कार्यक्रममा पपगायिका इंडिया मार्टिनेजलाई किस गर्ने प्रयास गरिरहेका छन् ।
गीत गाउँदै गर्दा दुवैजना निकै नजिक आउँछन् । नेटिजनहरू स्मिथको यो हर्कतलाई लिएर अचम्मित छन् । अभिनेताकी पत्नी जाडा पिन्केट स्मिथका फ्यानले ट्रोल गरिरहेका छन् । यसअघि सन् २०२२ मा विलले ओस्कार अवार्ड कार्यक्रममा होस्ट क्रिस रकलाई थप्पड हानेपछि विवादमा परेका थिए ।
यो भिडियो मियामीमा आयोजित ‘प्रिमियो लो नुएस्त्रो’ अवार्ड शोको हो । स्टेजमा स्पेनी गायिका इंडिया मार्टिनेज र हलिउड अभिनेता विल स्मिथ थिए । दुबैले ‘फस्ट लभ’ गीतमाथि प्रस्तुति दिइरहेका थिए । सो क्रममा उनीहरू एकअर्काको धेरै नजिक आउँछन् । हेर्दा चुम्बन गर्न लागेको जस्तो देखिन्छ ।

