१९ फागुन, काठमाण्डौँ । सप्तरीको सप्तकोशी नगरपलिका १ फत्तेपुरस्थित एउटा घरमा आज बिहान बाघ छिरेको छ । बाघ आएपछि गाउँलेहरू त्रसित हुँदै भागाभाग भएका थिए । कोशी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुनसक्ने स्थानीयले बताएका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले बाघको आक्रमणबाट तीनजना घाइते भएको बताए । उनले बाघ नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपालको नेतृत्वमा टोली खटेको बताए ।
प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार

