२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

प्रकृतिलाई न्याय दिलाउने परराष्ट्रमन्त्रीको विश्वास

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास व्यक्त गर्नुभएको छ।

मन्त्री डा. राणाले आज भैरहवामा प्रकृतिका बुबाआमा र आफन्तजनलाई भेटेर समवेदना प्रकट गर्दै, उनले कूटनीतिक पहलमार्फत भारत सरकारसँग दोषीमाथि कानूनी कारबाहीका लागि पहल गरिरहेको र यसलाई निरन्तर फलोअप गरिरहेको जानकारी दिनुभयो। उहाँले भने, “प्रकृतिलाई न्याय दिलाउने काममा म र गृहमन्त्रीजीले कुनै कसर बाँकी राख्ने छैनौँ।”

त्यसैगरी, डा. राणाले ओडिसाका मुख्यमन्त्रीसँग फोनमा कुरा गरी घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीमाथि कारबाही गर्न आग्रह गरेको बताउनुभयो। उनले ओडिसा सरकारले यस घटनालाई गम्भीरतासाथ लिई उच्चस्तरीय छानबीन समिति गठन गरेको जानकारी पनि दिएका छन्।

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग समन्वय गरिरहेको पनि डा. राणाले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस