२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

हृदयघातले अस्पताल भर्ना भएका पूर्व युवराज पारसको स्वास्थ्य अवस्था अपडेट

काठमाडौं । हृदयघातपछि निर्भिक अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको अवस्था सामान्य रहेको छ ।

राजदरवार निकट स्रोतका अनुसार पूर्व युवराज शाहलाई सामान्य खालको हृदयघात भएको र अहिले अवस्था सामान्य रहेको छ ।

नर्भिक अस्पतालको आईसियु कक्षमा राखेर पारस शाहको उपचार भइरहेको छ । शाहको मुटुमा स्टेन राखिएको र स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ ।

पूर्व युवराज शाहले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । पारस शाहले पटक पटक हृदयघातको सामना गर्दै आएका छन् । यसअघि थाईल्याण्डमै हुँदा मुटुको जटिल उपचार गरेका पारस शाहको सम्भवतः पाँचौं पटक मुटुमा समस्या आएर अस्पताल भर्ना भएकोमा स्वास्थ्यमा सुधार आएको जनाइएको छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस